ब्राजिलमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो « Khabarhub

ब्राजिलमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

साओ पाउलो- ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १३ पुगेको छ । आँधीका कारण हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले सोमबार बताएका छन् ।

बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना अझै सम्पर्कमा नआएको अधिकारीले बताए ।

मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भनिन्, “घरभित्र हाम्रो कम्मरसम्म पानी आयो । अग्निनियन्त्रकहरू तुरुन्तै आए र हामीलाई डुङ्गामा चढाएर बाहिर निकाले । यसका लागि हामी ईश्वरप्रति आभारी छौँ ।” उनले एउटा अकल्पनीय सपनाजस्तो घटना भएको बताइन् ।

आँधीपछि आएको बाढीका कारण डुबानमा परेका सयौँ मानिसलाई हेलिकप्टरबाट पानी बाहिर निकालिएको छ । आँधीका कारण करिब पाँच हजार परिवार घरवारविहीन बनेका छन् भने झण्डै एक लाख व्यक्ति विद्युतीय सेवाबाट बञ्चित बनेका छन् ।

बिहीबारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण जाखिममा रहेका करिब ८० हजार व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : १९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले