मधेसी आयोगको प्रतिवेदन हस्तान्तरण « Khabarhub

मधेसी आयोगको प्रतिवेदन हस्तान्तरण


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका  प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा, २९४ को उपधारा (३) बमोजिम उक्त आयोगको आर्थिक वर्ष २०७८/८९ को चौथो वार्षिक प्रतिवेदन सदस्य रेणुदेवी साहले बुझाएकी हुन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको विकासका लागि समानुपातिक सहभागिता जुटाएर आगाडि बढ्नुपर्ने बताए । उनले नेपालको संविधानमा उल्लेख भएअनुसार लोकतन्त्र, गणतन्त्र एवम् धर्म निरपेक्षता बलियो बनाए मुलुक  सुदृढ र समृद्ध हुने उल्लेख गरे ।

प्रदेश प्रमुख खापुङले हिमाल, पहाड र तराईमा बसोबास गर्ने बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक जातिको सम्बन्धलाई ध्यानमा राखी आयोगले प्रतिवेदन तयार गरेकामा खुसी व्यक्त गरे ।

सदस्य साहले दुई वर्षको मेहनतका साथ मधेसमा बस्ने जातिजातिको तथ्याङ्क र मधेसमा महिला हिंसाको उजुरी अत्यधिक भएको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ५४ बजे

केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तर विभाग आफैंतिर ताने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४००

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा.

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने