मधेसी आयोगको प्रतिवेदन हस्तान्तरण « Khabarhub

मधेसी आयोगको प्रतिवेदन हस्तान्तरण


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका  प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा, २९४ को उपधारा (३) बमोजिम उक्त आयोगको आर्थिक वर्ष २०७८/८९ को चौथो वार्षिक प्रतिवेदन सदस्य रेणुदेवी साहले बुझाएकी हुन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको विकासका लागि समानुपातिक सहभागिता जुटाएर आगाडि बढ्नुपर्ने बताए । उनले नेपालको संविधानमा उल्लेख भएअनुसार लोकतन्त्र, गणतन्त्र एवम् धर्म निरपेक्षता बलियो बनाए मुलुक  सुदृढ र समृद्ध हुने उल्लेख गरे ।

प्रदेश प्रमुख खापुङले हिमाल, पहाड र तराईमा बसोबास गर्ने बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक जातिको सम्बन्धलाई ध्यानमा राखी आयोगले प्रतिवेदन तयार गरेकामा खुसी व्यक्त गरे ।

सदस्य साहले दुई वर्षको मेहनतका साथ मधेसमा बस्ने जातिजातिको तथ्याङ्क र मधेसमा महिला हिंसाको उजुरी अत्यधिक भएको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै