चट्याङ लागेर एक जनाको मृत्यु « Khabarhub

चट्याङ लागेर एक जनाको मृत्यु


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ । चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

मृतक कहांर पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका ५ को विरकोटमा रहेको विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ६ : ०५ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा