मकवानपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

मकवानपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ गंगटेस्थित कान्ति लोकपथमा भएको दुर्घटनामा हेटौँडा–३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको हो ।

बीएसी ०५३७ नम्बरको कार अनियन्त्रित भएर सडकदेखि अन्दाजी तीन सय मिटर तल खोँचमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

लामाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भीमफेदी गाउँपालिका–५ बस्ने ४५ वर्षका राजकुमार बल घाइते भएका छन् । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : ५० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच