सरकारले पहुँचका आधारमा रकम बाड्यो : सांसद तामाङ « Khabarhub

सरकारले पहुँचका आधारमा रकम बाड्यो : सांसद तामाङ


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्रीले पहुँचको आधारमा रकम बाडेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुंचको आधारमा रकम बाडेको बताएका हुन् ।

उनले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुंचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे । एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसंग आफ्नो निर्वाचन क्षेत्र रहेको कंचनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी संकलन गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए ।

कंचनपुरको वेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो । तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु । यो काम सरासर गलत हो । अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ ।’ सांसद तामाङले बैठकमा बोल्दै भने ।

सांसद तामाङले बजेटमा सत्तारुढ दल र मन्त्रीको मनपरीको समेत खुलेर विरोध गरे । उनले शहरी विकास मन्त्रालयअन्र्तगत पनि बजेट विनियोजनमा मन्त्रीले मनपरी गरेको आरोप लगाए । शहरी विकासमन्त्री सिता गुरुङले उनको जिल्ला तेह्रथुममा बजेट विनियोजन गरेको भए समग्र जिल्लाको मन्त्री भएको आभाष हुने भन्दै आफ्नो निर्वाचन क्षेत्र लक्षित बजेट ल्याएको भन्दै त्यसले क्षेत्रको जस्तो मात्र मन्त्री भएको सन्देश गएको टिप्पणी गरे ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : २५ बजे

केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तर विभाग आफैंतिर ताने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४००

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा.

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने