बार्सिलोना जाने हल्लाकाबीच पीएसजीको अभ्यासमा नेयमार | Khabarhub Khabarhub

बार्सिलोना जाने हल्लाकाबीच पीएसजीको अभ्यासमा नेयमार


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले प्रि–सिजनको अभ्यास शुरु गरेका छन् । अभ्यास शुरु भएको एक हप्तापछि उनले आफ्ना टिम मेटलाई भेटेका हुन् ।

क्लबबाट बाहिरिने हल्लाकाबीच उनी बुधबार पीएसजीको अभ्यासमा सहभागी भएका हुन् ।

पीएसजीले मंगलबार खेलेको मैत्रिपूर्ण खेलमा सहभागी नभएका नेयमार बुधबारमात्रै क्लबको अभ्यासमा पुगेको स्पेनिस फुटबल पत्रिका मार्काले जनाएको छ ।

यद्यपी उनी क्लब छाड्न चहान्छन् तर, पनि उनी पीएसजीकी चीन टुरमा भने सहभागी हुने छन् । अहिलेसम्म पीएसजीको खेलाडी भए पनि उनी अब कति समय पीएसजीको खेलाडी रहनेछन् भन्ने बारे भने कसैलाई पनि थाहा नभएको मार्काले जनाएको छ ।

नेयमार पूर्व क्लब बार्सिलोना जाने चर्चा भने भइरहेको छ । त्यतिमात्रै होइन नेयमार आफै पनि बार्सिलोना जाने रहर देखाइरहेका छन् ।

केही समय अगाडिमात्रै नेयमारले हाल आफू आवद्ध क्लबलाई सन् २०१७ मा बार्सिलोनाले हराएको क्षण सबैभन्दा स्मरणयोग्य क्षण भएको बताएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : ३९ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ