पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुने « Khabarhub

पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुने


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आज चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’ पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज आन बिहान साढे ९ बजे पोखरा विमानस्थलमा अवतरण हुनेछ । जसमा १ सय ३० यात्रु रहने बताइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरू पनि आउने छन् ।

दक्षिण एसियामा नै  पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँ खेलाडी नेपाल आउन लागेका हुन् । सो फेस्टिभल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ०० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको