चीन भ्रमण सकेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता | Khabarhub Khabarhub

चीन भ्रमण सकेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको औपचारिक भ्रमण पूरा गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन् । 

चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा तिमिल्सिना ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका थिए । उनी आज दश दिने भ्रमण पूरा गरी चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत पोखरा विमानस्थलमा ओर्लिएका हुन् । 

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुका रुपमा आइपुगेका अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । 

यस्तै, तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङसांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका थिए । सबै भेटमा नाकामा सहजीकरण, सिधा उडान, भौतिक पूर्वाधार निर्माण सहित द्विपक्षीय सहयोग र सहकार्यका विभिन्न पक्षमा छलफल भएको बताइएको छ ।

अध्यक्ष तिमिल्सिनाले  तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । 

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र मानसरोवर लगायतका स्थलहरूको अवलोकन भ्रमणसमेत गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जंगबहादुर राणा,  प्रदिप यादव तथा  राष्ट्रिय सभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवम् अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी थिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ११ : १२ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी