बझाङ दुर्घटनामा घाइते भएका जोशी र भण्डारी खतरामुक्त « Khabarhub

बझाङ दुर्घटनामा घाइते भएका जोशी र भण्डारी खतरामुक्त


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा घाइते भएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेका छन् । 

बाँकेस्थित कोहोलपुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोख्रेलले घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएको जानकारी दिए । जोशी र भण्डारी दुवैजना बोल्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ ।

उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुवैजनाको मेरुदण्डमा समस्या देखिएको डा. पोख्रेलले जानकारी दिए ।

जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ ।

दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको उनको भनाइ छ ।

जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक र भण्डारी अङ्गरक्षक हुन् । 

उक्त दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा हिजो निधन भएको थियो । दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजू जयादेवीको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : ३७ बजे

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका