बझाङ दुर्घटनामा घाइते भएका जोशी र भण्डारी खतरामुक्त « Khabarhub

बझाङ दुर्घटनामा घाइते भएका जोशी र भण्डारी खतरामुक्त


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा घाइते भएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेका छन् । 

बाँकेस्थित कोहोलपुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोख्रेलले घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएको जानकारी दिए । जोशी र भण्डारी दुवैजना बोल्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ ।

उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुवैजनाको मेरुदण्डमा समस्या देखिएको डा. पोख्रेलले जानकारी दिए ।

जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ ।

दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको उनको भनाइ छ ।

जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक र भण्डारी अङ्गरक्षक हुन् । 

उक्त दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा हिजो निधन भएको थियो । दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजू जयादेवीको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : ३७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु