सिमरौनगढलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग « Khabarhub

सिमरौनगढलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले सिमरौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बारामा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक नगरी सिमरौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरेका हुन् ।

एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्त्विक महत्त्वको सम्पदा फेलापरेका भन्दै  उनले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका हुन् । 

‘विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्ने क्रममा विभिन्न स्थानहरूमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर, एक हजार वर्षभन्दा पुराना पुरातात्त्विक सम्पदाहरू फेला परिराखेको छ ।

तसर्थ, म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र विश्वसम्पदा सूचीमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु,’ बैठकमा उनले भने ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : ५८ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको