मन्त्री सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली  « Khabarhub

मन्त्री सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली 


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी– गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

धनगढी रङ्गशालामा राखिएको स्वर्गीय सिंहको पार्थिव शरीरमा मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

प्रदेश सरकारका अन्य मन्त्रीहरू, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, सर्वसाधारण, शुभेच्छुक तथा पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि  सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अन्तिम श्रद्धाञ्जली पछि पार्थिव शरीर अन्तिम संस्कारका लागि हेलिकप्टर मार्फत बझाङ लगिएको छ ।

मन्त्री नियुक्त भएको ३०औँ दिनमा पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा हिजो सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । 

दुर्घटनामा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता र भाउजू जयादेवीको पनि मृत्यु भएको थियो । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : ०५ बजे

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी