नयाँ कार्यसमितिका लागि ट्रेड युनियन कांग्रेसको निर्वाचन आज « Khabarhub

नयाँ कार्यसमितिका लागि ट्रेड युनियन कांग्रेसको निर्वाचन आज


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समुहबीच प्रतिष्पर्धा हुने भएको छ । यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो । 

अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरु समूह नै बनाएर निर्वाचनमा होमिएका छन् ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले साँझ ४ बजेदेखि मतदान सुरु हुने जानकारी दिए। निर्वाचनमा आठ सय ८० महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् भने युवा र महिला समितिसहित ४९ पदका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ३ : २३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा