धरौटीमा छुटे समताका सञ्चालक उत्तम सञ्जेल | Khabarhub Khabarhub

धरौटीमा छुटे समताका सञ्चालक उत्तम सञ्जेल


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्मचारी हत्याको आरोपमा पक्राउ परेका उत्तम सञ्जेल धरौटीमा छुटेका छन् ।

१०० रुपैयाँमा शिक्षा दिन सकिन्छ भन्ने अभियानका साथ समता स्कुल चलाएर चर्चामा आएका सञ्जेल आफ्नै अस्पतालमा कार्यरत एक कर्मचारीको हत्या आरोपमा सञ्जेल पक्राउ परेका थिए ।

मृतकका आफन्तले सञ्जेल परिवारमाथि नै आरोप लगाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हिरासतमा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङको शव असार ३ मा झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो।

रहस्यम रूपमा मृत्यु भएको देखिएपछि सञ्जेल दम्पत्तिलाइ पक्राउ गर्न जनदवाब बढेको थियो। प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो। पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : ३३ बजे

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम – सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव

 मोरङ– जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा