नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित « Khabarhub

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । 

बिहीबार दिउँसो सकिएको मतगणनाअनुसार उनी ४४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी महेन्द्र यादवले ३७६ मत पाए । 

यस्तै, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, र अनौपचारिक  तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् । 

महासचिवमा अजय कुमार राई निर्वाचित हुँदा खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् ।

यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रतर्फको उपमहासचिवमा कुलबहादुर खड्का र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुक्मणी थापा अर्चना विजयी भएका छन् । 

कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र  सह–कोषाध्यक्षमा रशामाया गुरुङ निर्वाचित भएकी छिन् । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  २ : ३४ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म