अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’ « Khabarhub

अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पारलैङ्गिक कथामा बनेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले विश्वव्यापी प्रदर्शन अधिकार खरिदगरेपछि यसको नाम ‘गुन्युचोलो कमिङ अफ एज अफ अ गर्ल’ राखिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिए ।

“सम्झौता भएसँगै यसको अन्य प्राविधिक कामसमेत सोही कम्पनिअन्तर्गत रहेर गरिनेछ । फरक विषयवस्तुलाई उठान गरिएको चलचित्र विश्वभर प्रदर्शन हुँदा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण र प्रवर्द्धन गर्न सफल हुने विश्वास लिएकी छु”, निर्देशक भट्टले भने ।

समुदाय (लिङ्ग) भित्र पर्नेको जीवनमा ‘गुन्युचोलो’को महत्वलाई दृष्टिगत गर्दै परिवर्तित नामले कथालाई झनै मदत गरेको निर्देशक भट्टको भनाइ थियो । चलचित्रमा नाजिर हुसेन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतले अभिनय गरेका छन्। यसमा कथा लेख्न निर्देशक भट्ट र पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ५० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज