फरहान अख्तरको ‘जी ले जरा’ अलपत्र « Khabarhub

फरहान अख्तरको ‘जी ले जरा’ अलपत्र


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री प्रियङ्का चोपडा जोनस, आलिया भट्ट र कट्रिना कैफको फिल्म ‘जी ले जरा’ अलपत्र परेको छ । यो फिल्म हेर्नका लागि दर्शकले अझै केही समय पर्खनुपर्नेछ । यो फिल्मसँगै फरहान अख्तर १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । तर उनको कमब्याकलाई अझै केही समय पर्खनुपर्नेछ, यसको कारण हुन्– आमिर खान ।

आमिर खान प्रोडक्सनको फिल्म ‘द च्याम्पियन्स’ बन्ने तयारीमा । जसमा फरहान प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्म सन् २०१८ को स्पेनिस स्पोर्ट्स ड्रामा फिल्मको अफिसियल हिन्दी रिमेक हो । यो फिल्ममा आमिर खानको निर्माण हुनेछ ।

आमिर यसअघि फिल्ममा सलमान खानलाई लिन चाहन्थे । तर सलमानबाट सम्भव नभएपछि उनी फरहानतिर पुगे । फरहानले स्क्रिप्ट मन पराएपछि अभिनय गर्ने सहमति दिए । यद्यपि यसको आधिकारिक घोषणा हुनै बाँकी छ ।

आमिरको फिल्ममा अभिनय गर्नुपर्ने भए पछि फरहानले ‘जी ले जरा’मा समय दिन सकेका छैनन् । समय अभाव कै कारण फिल्मलाई केही समयका लागि होल्डमा राखेका छन् ।

यता फिल्मका प्रमुख अभिनेत्रीहरू आलिया, कट्रिना र प्रियङ्काको पनि अहिलेलाई समय छैन । आलिया ’रकी और रानीकी प्रेम कहानी’ रिलिजको तयारीमा छिन् । यसपछि उनी हलिउड प्रोजेक्ट ‘हार्ट अफ स्टोन’मा व्यस्त हुनेछिन् ।

त्यस्तै प्रियङ्का हलिउड प्रोजेक्ट ‘हेड अफ स्टेट’मा व्यस्त छिन् । कट्रिनाको फिल्म टाइगर ३’ क्रिसमसमा रिलिज हुँदैछ । निर्माण पक्षले तीन प्रमुख अभिनेत्रीको समान समय मिलेपछि मात्र फिल्मको काम सुरु गर्नुपर्ने हुन्छ । निर्माण पक्ष भने कास्टिङमा फेरबदल गरेर फिल्म सुरुवात गर्ने योजनामा छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ४२ बजे

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा