बेइजिङका विद्यालयलाई आउटडोर गतिविधि नगर्न स्थानीय अधिकारीको आह्वान | Khabarhub Khabarhub

बेइजिङका विद्यालयलाई आउटडोर गतिविधि नगर्न स्थानीय अधिकारीको आह्वान


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको राजधानी बेइजिङका महत्वपूर्ण क्षेत्रमा पछिल्लो समय उच्च तापक्रमको लहर चलिरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् ।

नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई सुनिश्चित गर्नका लागि धेरै बाहिरी गतिविधिहरू आयोजना नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार राति, सम्बन्धित अधिकारीहरूले एक सूचना जारी गर्दै विद्यार्थीहरूको लागि बाहिरी गतिविधिहरूको समय परिमार्जन गर्न र उच्च तापमान मौसमको अवधिमा कक्षाहरू कम गर्न वा स्थगित गर्न विशिष्ट उपायहरू सोच्न आग्रह गरेका हुन् ।

आइतबारदेखि सुरु हुने तीन दिने ड्रागन बोट फेस्टिभलको बिदापछि विद्यालयहरूलाई चर्को गर्मीका कारण विद्यार्थीहरूका लागि धेरै ‘आउटडोर’ गतिविधिहरू आयोजना नगर्न सल्लाह दिइएको सूचनामा उल्लेख छ ।

बेइजिङले शुक्रबार उच्च तापक्रमका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । चीनको सावधानी प्रणालीमा यो सबैभन्दा कडा चेतावनी हो । शहरको मौसम विज्ञान केन्द्रले यसअघि गरेको पूर्वानुमानअनुसार बेइजिङका अधिकांश क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म अधिकतम तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : २१ बजे

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा

राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल