कविता महोत्सवमा पुरस्कृत सर्वोत्कृष्ट दश कवि घोषित « Khabarhub

कविता महोत्सवमा पुरस्कृत सर्वोत्कृष्ट दश कवि घोषित


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ ।

प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुनरछोरी, ‘रक्तिम कथा’ शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो ?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी र ‘नौरानको नाम’ शीर्षकका प्रकाश दिप्साली राई र ‘परिचयपत्र’ शीर्षकका कवि राधिका कल्पित पुरस्कृत हुने भएका छन् ।

यस्तै मातृभाषा डोटेलीमा खिमानन्द जोशी (मुई गोठ नाइँ भान्या हुँ), पूर्णानन्द ओझा ९सन्निको मान्सा० खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप)को (रहुन्के वे बड्डा)का कवितालाई उत्कृष्ट घोषित गरिएको छ । प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही रु १५ हजार राशिको पुरस्कार दिइनेछ । कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्याङ्कन गरेको प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिए ।

महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइएको थियो । प्रतिष्ठाले हरेक असार ९ गते गर्दै आएको सो महोत्सवमा परम्परागतरुपमा नेपाली भाषाका कविताका अतिरिक्त यसपटकदेखि समावेशी सहभागिताका लागि पहिलोपटक बहुभाषिक कविता आह्वान गरिएपछि मातृभाषाका कवितासमेत प्राप्त भई प्रतियोगिताका लागि आएकामध्ये मूल्याङ्कन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका थिए । ती कवितामध्ये मातृभाषामा लिम्बू, डोटेली, खाममगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका सात र नेपाली भाषामा १८ कविता छानिएका छन् । मातृभाषामा प्रस्तुत कवितालाई अनुवादको प्रबन्ध गरिएको थियो ।

महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी छ सय ४४ वटा कविता दर्ता भएका थिए । महोत्वसको उद्घाटन आज दिउँसो प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’ले गरेका थिए । कार्यक्रममा प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचिकारलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : २४ बजे

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी

शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ