प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा मन्त्रीहरूले जवाफ दिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा मन्त्रीहरूले जवाफ दिने


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १० बजे बस्ने बैठकको सुरुमा विनियोजन विधेयक, २०८० उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

छलफलमा सांसदहरू डा. अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव गर्ने कार्यसूची छ । 

यस्तै, आजको बैठकमा विनियोजन विधेयक अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । 

आज गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना