कतार दूतावासको काम र सेवाग्राहीको प्रतिक्रिया « Khabarhub

कतार दूतावासको काम र सेवाग्राहीको प्रतिक्रिया



दोहा – बिहिबार एक जना सेवाग्राही दोहास्थित नेपाली दूतावासमा पुगे र बाहिर गेटबाटै टोकल लिएर कन्सुलर शाखामा गएर त्यहाँ आफ्नो सम्बन्ध बिच्छेदको लागि अधिकृत वारेसनामा गर्ने निवेदन पेश गरे।

कन्सुलर शाखाले निवेदन हेरेर दस्तुर तिर्न तोक लगाएपछि ती सेवाग्राहीलाई भनियो, दस्तुर तिरेर पुनः कन्सुलर शाखमा आउनुहोला। ती सेवाग्राही दस्तुर तिरेर कन्सुलर शाखामा गएर आफ्नो पेपर लिएर शाखाले भन्यो, कोठा नम्बर २०१ मा गएर राजदूतलाई साइन गराएर यहाँ आउनु अनलाइन गर्नुपर्छ।

सेवाग्राही २०१ कोठामा पुग्दा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकाल भेटिएन्न। एकछिन त्यहाँ बसेपछि थाहा भयो राजदूत केही कामले त्यो दिन बाहिरगएका रहेछन्। सचिवालयबाट राजजदूत करिव साढे १ बजेपछि मात्र आउनु हुन्छ।

ती सेवाग्राही त्यहिँ कुरेर बसे। नभन्दै साढे १ बजेको आसपास राजदूत आइपुगे र सेवाग्राहीले एउटा हस्ताक्षरका लागि अनुरोध गरे।

राजदूत ढकालले पनि हुन्छ हुन्छ भन्दै आफ्नो कार्यकक्षमै नपुगी जनताको काम पहिलो हो भनेर सेवाग्राही अधिकृत वारेसनामाको निवेदन चेक गरेर साइन गरे। पछिल्लो समय ढकाल राजदूत बनेर आएपछि दूतावासको सेवा प्रभाकारी ढंगले अघि बढेको पाइन्छ।

दूतावासको कामप्रति सेवाग्राहीको प्रतिक्रिया

कतारको दोहामा रहेको नेपाली दूतावासको काम प्रति सेवाग्राहीले सन्तुष्टी व्यक्त गरेका छन्। विद्युतीय राहदानी बनाउन दूतावास पुगेका नेपाली कामदारले पछिल्लो समय दूतावासले प्रदान गर्ने सेवा सुबिधा सन्तोषजनक रहेको बताएका छन्।

कतारमा रहेका नेपाली नागरिकलाई राहदानी विभागको वेबसाइटबाट इलेक्ट्रोनिक रूपमा ई–पासपोर्टका लागि प्रि–इनोल्मेन्ट फारम भरेपछि तोकिएको मितिमा मात्र प्रत्यक्ष नामांकनका लागि सम्बन्धित कागजात सहित दूतावास पुग्नुपर्ने हुन्छ।

हरेक दिन दूतावासले सयौंको संख्यामा राहदानी बनाउन पुगेका नेपालीहरुको आवेदन लिने र सरल तथा सहज तरिकाबाट लाईभ इनरोलमेन्ट काम गरिरहेको जनाएको छ। केही सेवाग्राहीहरुले भने काम सरल तथा सहज तरिकाले भएता पनि बस्ने हाल अलिक सानो भएको कारण समस्या भएको बताएका छन्।

फोटो राजदूतावासमै खिच्ने हुँदा फोटो ल्याउनु नपर्ने (कतारमा जन्मेको बालबालिकाको हकमा भने फोटो चाहिने)। फोटो खिच्ने प्रयोजनका लागि कान र घाँटीमा पहिरिएका गहनाहरु हटाएर जानुपर्ने हुन्छ।

ई-पासपोर्टको आवेदनका लागि प्रि-इनरोलमेन्ट फाराम भरिसकेपछि दूतावासमा लाइभ प्रि-इनरोलमेन्टका लागि आँउदा फाराममा तोकिएको मिति र समयमा मात्र पुग्नुपर्ने हुन्छ।

राहदानीको बहाल अवधि १ वर्षभन्दा कम रहेकाले ई-पासपोर्ट आवेदन गर्न सक्ने दूतावासले जनाएको छ। कतारमा विभिन्न क्षेत्रमा तीन लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन्। ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन्।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ४५ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान