जब डाक्टरले काटिएको हात खुट्टामा जोडिदिए… « Khabarhub

जब डाक्टरले काटिएको हात खुट्टामा जोडिदिए…


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– डाक्टरलाई भगवानको दर्जा दिने गरिएको छ, किनभने बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् । तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् । 

चीनमा यस्तै चमत्कार भएको छ, जहाँ चिकित्सकको टोलीले बिरामीको काटिएको हात खुट्टामा जोडेर एक महिनासम्म जीवित राखेका छन् । हालै मोरबिड नलेज नामक ट्वीटर पोस्ट मार्फत डाक्टरहरूको यो अद्भूत प्रयासको बारेमा थाहा पाएपछि मानिसहरू छक्क परेका छन्।

यस ट्वीटमा चिनियाँ डाक्टरहरूले बिरामीको काटिएको हातलाई कसरी जीवित राख्न बिरामीको खुट्टामा टाँसेर राखेको बताइएको छ। 

चिनियाँ कारखानाका एक कामदारको देब्रे हात मेसिनले काटेको थियो । त्यसपछि डाक्टरहरूले बायाँ हातलाई बिरामीको खुट्टामा सिलाए । जसमा हातलाई खुट्टाको धमनीबाट रगत आपूर्ति हुन्छ र हात जीवित रहन्छ।

खुट्टामा जोडिएको यो हातको तस्वीर सामाजिक सञ्जालमा तिब्र गतिमा भाइरल भइरहेको छ ।

जब एक महिना पछि हात ठीक भयो त्यसपछि डाक्टरहरूले फेरि शल्यक्रिया गरे र बिरामीको काटिएको हात पुनः जोडिदिए । यो शल्यक्रिया सफल भएपछि डाक्टरको निकै प्रशंसा भएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनको हातमा धेरै हलचल भएको र उनी हातलाई धेरै डिग्रीसम्म झुकाउन सक्षम भएको बताइएको छ ।

एक महिनादेखि खुट्टामा टाँसिएका कारण हातको स्नायु प्रक्रिया कम भएकोले बिरामीको हात पूर्ण रूपमा सक्रिय हुन कम्तिमा ६ महिना लाग्ने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ०९ बजे

विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ

बिर्तामोड–  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई

नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राहदानी प्रकरणमा नेपाललाई विरोधपत्र नदिएको जर्मन दूतावासको स्पष्टिकरण

काठमाडौं– जर्मनीले नेपालसँगको राहदानी खरिद प्रकरणमा सार्वजनिक भएका समाचारहरूलाई लिएर

बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप 

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप