धान रोपाइँका बीच डीएपी मलको अभाव, खाली हात घर फर्किँदै किसान « Khabarhub

धान रोपाइँका बीच डीएपी मलको अभाव, खाली हात घर फर्किँदै किसान


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– धान रोपाइँको चटारोका बीच सिरहाका किसानले मलकाे अभावका कारण सास्ती खेप्नु परेको छ । सिरहामा डीएपी मलको अभाव हुँदा किसान मर्कामा परेका छन् ।

कृषि सामग्री लिमिटेडको केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा डीएपी मलको अभाव भएको कृषि उक्त लिमिटेडको लहान शाखाले जनाएको छ । धान रोपाइँको बेला मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डीएपी मलको अभाव भएको उक्त शाखाका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए ।

उनका अनुसार सिरहामा ३० हजार बोरा डीएपी चाहिएकामा अहिले एउटा बोरा पनि मल यहाँको गोदाममा छैन । डीएपी मलको आभाव भए पनि युरिया मल भन्ने पर्याप्त छ ।

किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गरे पनि मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मलको अभाबले रोपोमा हाल्न नपाउनाका साथै साथै उत्पादनसमेत घट्ने किसानको भनाइ छ ।

मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको प्रमुख चौलागाईंले बताए । सरकारी अनुदानको डीएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ३ : ०४ बजे

कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ

कास्की– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको

कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्

काठमाडौं- पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

काठमाडौं– यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा