देशका विभिन्न स्थानबाट लागूऔषधसहित छ जना पक्राउ « Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित छ जना पक्राउ


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट छ जना लागूऔषधसहित पक्राउ परेका छन् ।

बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम २ सय ८० मिलिग्रामसहित भारत बहराईच बलेगाउँ बस्ने २५ वर्षीय मनोज कुमार थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखर र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २७ वर्षीय विष्णु विष्ट र सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीया आस्मा श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी, धादिङको गजुरी गाउँपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्रामसहित गजुरी गाउँपालिका-४ अदुवाबारी बस्ने २५ वर्षीय शंकर मिजारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ९ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बझाङ तलकोट गाउँपालिका-१ बस्ने २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका-२ बस्ने राजकुमार रोकाया रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०४००१ प ०१०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : ३६ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा