घुस प्रकरणमा मुछिएका पाठकमाथि महाअभियोगको तयारी, के छ आरोप ? « Khabarhub

घुस प्रकरणमा मुछिएका पाठकमाथि महाअभियोगको तयारी, के छ आरोप ?


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लाग्ने  तयारी भएकाे छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विवरण भिडियोमार्फत् सार्वजनिक भएसँगै उनले पदबाट राजिनामा नदिए महाअभियोग सामना गर्नुपर्ने भएकाे छ ।

सत्तारुढ दल नेकपाले उनले पदबाट राजीनामा नदिए महाअभियोग लगाएर भएपनि पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । खबरहबसँग कुरा गर्दै नेकपा नेता तथा सांसद योगेश भट्टराईले घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकलाई राजीनामा दिन वा प्रमुख आयुक्त नविन घिमिरेलाई पाठकमाथि छानविन गरी कारबाही अघि बढाउन सुझाव दिएका छन् ।

सत्तारुढ दल नेकपाले शुक्रबारसम्म पाठकमाथि कारबाही नगरे महाअभियोग लगाउने तयारी समेत गरेको बुझिएको छ ।

घुस प्रकरणमा मुछिएका आयुक्त पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : ४१ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले