धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट « Khabarhub

धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी १ अर्ब ९३ करोड ८ लाख २४ हजार २ सय १८ रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार दसौँ नगर सभामा उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट नगर सभाबाट पारित भएको छ ।

रानाले प्रस्तुत गरेको अनुमानित बजेटमा कुल खर्चमा चालुतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार १ सय ५५ रुपैयाँ छ ।

आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार २१८ रुपैयाँ, राजस्व बाँडफाँड ४६ करोड ९७ लाख ९२ हजार रुपैयाँ, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट ९२ करोड ८५ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) ५ करोड ३२ लाख १२ हजार रुपैयाँ र सरी आएको मौज्दात १२ करोड ५० लाख रुपैयाँ गरी कुल आय एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ अनुमान गरिएको उपप्रमुख रानाले उल्लेख गरिन् ।

व्ययतर्फ चालु खर्च १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ र पुँजीगत खर्चतर्फ ७५ करोड ६३ लाख २७ हजार १ सय ५५ रुपैयाँ गरी कुल एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

आर्थिक विकास तर्फ ९ करोड ६५ लाख ९३ हजार ८ सय १७(५.०० प्रतिशत), सामाजिक विकास तर्फ रु ८५ करोड ३६ लाख ५ हजार २ सय २२(४४ दशमलव २० प्रतिशत), पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार १९४ (१९ प्रतिशत), सुशासन तथा आन्तरसम्बन्धित तर्फ ५ करोड ६५ लाख ५५ हजार ५९(३ प्रतिशत), कार्यालय सञ्चालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६(२८.८० प्रतिशत) बजेट विनियोजन गरिएको उपप्रमुख रानाले बताइन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : १५ बजे

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे