एसियाडका लागि रग्बी टोलीको घोषणा « Khabarhub

एसियाडका लागि रग्बी टोलीको घोषणा


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आज घोषणा गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।

छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सबिन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडू, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् । एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियाड आगामी असोज ६ गतेदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : १५ बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।