रुसले सिरियामा गरेको हवाइ आक्रमणमा १३ जना मारिए « Khabarhub

रुसले सिरियामा गरेको हवाइ आक्रमणमा १३ जना मारिए


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

दमासकस– रुसले उत्तरपश्चिम सिरियामा गरेको हवाई आक्रमणमा दुई बालबालिकासहित १३ जना मारिएका छन् । घटनामा घाइते भएका ३० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो ।

बेलायतमा रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् । 

गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरियामाथि आक्रमण गरेर प्रतिक्रिया दिएको हो। तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।

आक्रमणका क्रममा घटनास्थलमा रहेका साद फातु (३५) पेसाले मजदुर हुन् । उनले आफू बजारमा रहेको बेला उक्त आक्रमण भएको बताए । 

उनले भने, ‘ कारबाट टमाटर र काँक्रो उतार्दै गर्दा आक्रमण भयो । एक्कासि मेरो अगाडि एउटा चिच्याहट आयो । चारैतिर रगत र चित्कार मात्रै थियो । घाइतेहरूलाई सहयोग गरेको छु । घटनाको बारेमा सोच्दा अनौठो लाग्छ, यो निकै डरलाग्दो दृश्य थियो। रुसले हामीमाथि आक्रमण गरेको छ ।’

सोही क्रममा अर्का एक व्यक्तिले कालो धुवाँको बादल मात्रै देखेको बताए । त्यसपछि सहरभर एम्बुलेन्स र एम्बुलेन्सको साइरनको आवाज मात्रै बजिरहेको उनको भनाइ थियो।

अब्देल रहमानले रुसले उत्तरपश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए । पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जहाँ छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए।

दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो। इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारण मारिएको जनाइएको छ । सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए। 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : २० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका