भारतको उडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २० घाइते « Khabarhub

भारतको उडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २० घाइते


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

भुवनेश्वर– भारतको उडिसा राज्यमा भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको दुई बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको जन्ती बोकेको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको जनाइएको छ ।

घटनालगत्तै स्थानीय प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : १३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु