सन्दीपविरुद्धको मुद्दामा आज क्षतिपूर्तिसम्बन्धी सुनुवाइ « Khabarhub

सन्दीपविरुद्धको मुद्दामा आज क्षतिपूर्तिसम्बन्धी सुनुवाइ


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ।

वादी पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिनु पर्ने वा नपर्ने भन्ने बारेमा आज सुनुवाइ हुन लागेको हो ।

लामिछानेसँग वादी पक्षले यस अघि माग गरेको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरे पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो ।

तत्पश्चात् उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो।

जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डक्टरको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकेको हो ।

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहसको पेशी भने स्थगित छ। लामिछाने विश्वकप छनोटका लागि जिम्बावेमा रहेका कारण पेशी स्थगित गरिएको हो। 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ४८ बजे

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको