प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असारको अन्तिम साता « Khabarhub

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असारको अन्तिम साता


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भलिबल सङ्घको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ ।

नेपाल भलिबल सङ्घले वार्षिक कार्यक्रमअनुसार उक्त प्रतियोगिता आगामी असार २३ देखि ३० गतेसम्म आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब काठमाडौँ, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल सङ्घ र सैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप गरी आठ टोलीको सहभागिता रहनेछ ।

त्यसैगरी, महिलामा नेपाल प्रहरी, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोतिगामा महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै, उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु ३५ हजार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ७५ लाख खर्च लाग्ने आयोजनले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ५६ बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा