खानेपानी योजना समयअघि नै सम्पन्न « Khabarhub

खानेपानी योजना समयअघि नै सम्पन्न


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । 

गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर– २ लुलाङबाट पुरै दिन जंगल, भीर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरिया मार्फत सामान ढुवानी गर्नुपर्छ । यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्य भन्दा अघिनै सकिएको छ । 

ढिलासुस्तीका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्य अघि नै सम्पन्न भएको हो ।

धवलागिरी–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजिकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताए ।

‘सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रो जस्तो विकट ठाउँको काम निर्धारित समय अगावै सकिएको छ,’ उनले भने ‘सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ ।’

कूल ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरी गाउँपालिका र बेनीको बि एण्ड डी निर्माण सेवा बिच २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो । ४४ लाख ७८ हजार ११२ रुपैयाँमा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।

निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले यही असार १० गतेनै सम्झौता अनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिए । काम शुरु गरेको ४३ दिनमा योजना सम्पन्न भएको उनको भनाइ छ । 

साउनाखोलाको मुहानमा इन्टेक, त्यहाँदेखि गुर्जा गाउँसम्म ६३ एमएमको तीन हजार ४८० मिटर मुख्य पाइपलाइन बिछ्याइएको छ ।

लुलाङ देखि खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रड लगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो । पच्चीस हजार लिटर क्षमताको रिजर्भ ट्यांकी पनि निर्माण भएको छ । इन्टेक, मुख्य पाइपलाइन र ट्यांकीको परीक्षण सफल भएको छ ।

गुर्जाका करिब २५० घरधुरीलाई निजी धारा मार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो । यो आयोजनाबाट गुर्जाको देउराली बस्ती बाहेकका सबै घरमा खानेपानी पुग्नेछ ।

शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिइने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना पनि लक्ष्य अघि नै सम्पन्न भएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ५१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको