साफ च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्ने « Khabarhub

साफ च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्ने


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।

भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे हुने खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

समूहको अन्तिम खेल खेल्न लागेका दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

समूह ए मा रहेका नेपाल र पाकिस्तान अंक विहीन छन् । तर गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा छ भने पाकिस्तान पुछारमा छ ।

नेपाल र पाकिस्तान आफ्ना दुवै खेलमा कुवेत र भारतसँग पराजित भएका थिए । 

समूह ए बाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । जारी खेलमा कुवेत ६ अंकका साथ शीर्ष स्थानमा छ भने ६ अंक नै भएको भारत दोस्रो स्थानमा छ । 

समूह ए अन्तर्गत आजै भारत र कुवेत खेल्ने छन् । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४६ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक