सिन्धुली फिक्कलका उत्कृष्ट सासूबुहारी सम्मानित « Khabarhub

सिन्धुली फिक्कलका उत्कृष्ट सासूबुहारी सम्मानित


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सिन्धुलीको फिक्कल गाउँपालिकाले सासूबुहारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासूबुहारीलाई सम्मान गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष राजु बरालले गाउँघरमा सासूबुहारी सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासूबुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको बताए ।

प्रत्येक वडाका उत्कृष्ट सासूबुहारीलाई खोजी हरेक वर्ष गाउँपालिकाले सम्मान गर्ने कार्यलाई निरन्तरता दिने उनको भनाइ छ । 

उनले ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक र बुहारीलाई पनि छोरीसरह व्यवहार होस् भनेर गाउँपालिकाले सम्मान गर्दै आएको र सबै वाडामा यसै प्रकारले सम्मान गरिने बताए ।

गाउँपालिकाले मेलमिलापका साथ छोराबुहारीसँगै बसेका छ वडाका १२ सासूबुहारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । 

सम्मानित हुनेमा वडा नम्बर १ का मुसीमाया कामी, अन्जना बिक, वडा नम्बर २ का बालकुमारी मगर, गङ्गाकुमारी मगर, वडा नम्बर ३ का कल्पना कुमारी श्रेष्ठ, मुना श्रेष्ठ, वडा नम्बर ४ का मैया आले र लीलाकुमारी मगर, वडा नम्बर ५ शिवकुमारी घिमिरे, पार्वती घिमिरे र वडा नम्बर ६ का बुद्धमाया मगर र जमुना मगर रहेका छन् ।

उनीहरूलाई सासूले बुहारीलाई छोरी समान र बुहारीले सासुलाई आमाको भूमिकामा राखेको जनाउँदै सम्मान गरिएको हो । 

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले समाजमा छोराबुहारीबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनु पर्नेमा जोड दिइन् । अब सासु होइन आमा र बुहारी नभई छोरीको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिइन् । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : ४६ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि