विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरी, मकवानपुर र कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । 

महोत्तरीको सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिनपिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट नियन्त्रित लागूऔषध ओनरेस ३८ बोतलसहित सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने ३५ वर्षीय अर्पण रिमाललाई प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरीले ना.६ प २३२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कैलालीको टीकापुर नगरपालिका-२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : १५ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्