जलहरी प्रकरणमा राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्छ : योगेश भट्टराई « Khabarhub

जलहरी प्रकरणमा राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्छ : योगेश भट्टराई


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानविन समिति बनाए राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई मुछ्ने काम भएकाले वर्तमान राष्ट्रपति संयोजक र प्रधानमन्त्री र संस्कृति पर्यटन मन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानविन समिति बनाउनुपर्ने बताएका हुन् । 

यस विषयमा संसदीय छानविन समिति गठन गर्न एमाले तयार रहेको भन्दै उनले समितिमा सांसदहरू नभएर संसद्को अभिन्न अंगको रुपमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्ने जिकिर गरे ।

त्यस्तै भट्टराईले सरकारी तवरबाट निर्माण हुने कामहरूमा पहलकदमी लिने र शिलान्यास गर्नेको नाम राख्ने गरिएको भन्दै जलहरी बनाउँदा पनि ताम्रपत्रमा पूर्व राष्ट्रपति र प्रधानमन्त्रीको नाम राख्नु स्वभाविक भएको जिकिर गरे । उनले केही विषयमा एमालेलाई नियोजित रुपमा मुछ्ने काम भएको र मुलुकको ध्यान अन्यत्रै मोड्ने काम भएको उल्लेख गरे ।

त्यस्तै सचिव भट्टराईले ललिता निवास प्रकरणमा पनि एमालेलाई बदनाम गर्न खोजिएको भन्दै कोही पनि एमाले नेताले गढबढी गरेको पुष्टि भए पार्टीले कारवाही गर्ने स्पष्ट पारे । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : २९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु