कुलमानले बालेनलाई भने- हेलिकप्टरको मात्रै भर नपरौँ, स्याफ्रुबेँसीसम्मको सडक खोलेर बेलीब्रिज हालौँ « Khabarhub

कुलमानले बालेनलाई भने- हेलिकप्टरको मात्रै भर नपरौँ, स्याफ्रुबेँसीसम्मको सडक खोलेर बेलीब्रिज हालौँ


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् । 

प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । 

बाढीको कारण सडक सम्पर्क नहुँदा उपकरण पुर्‍याउन ढिलाइ भएको र हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहँदा कठिन भएको उनले बताएका छन् ।

त्यस्तै बालबालिका, महिला तथा वृद्धवृद्धाको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी प्रबन्ध मिलाउनुपर्ने; बालबालिकालाई काठमाडौँ ल्याएर व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिए ।

उनले नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरेर सुरक्षित स्थानमा मात्र सडक र पूर्वाधार बनाउनुपर्ने, क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनाहरूलाई सञ्चालनमा ल्याउन र निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने सुझाव दिइएको उनले जानकारी दिए । 

उनले मुलुक संकटमा परेको बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइएको उल्लेख गरे । 

सो क्रममा प्रधानमन्त्री शाहले नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सरकार गम्भीर भएर लागेको बताएका थिए । त्यस्तै प्रधानमन्त्रीसँग अन्य राजनीतिक लगायतका विषयमा सकारात्मक छलफल भएको घिसिङले बताए । 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १ : ०४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा