जुम्लाका स्थानीय तहले ल्याए २०८०-८१ का लागि बजेट « Khabarhub

जुम्लाका स्थानीय तहले ल्याए २०८०-८१ का लागि बजेट


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट ल्याएका छन् । ती सबै पालिकाले अर्गानिक रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारसम्मका कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समेटिएका छन् ।  

सिञ्जा गाउँपालिकाले आव २०८०-८१ का लागि ३७ करोड ३९ लाखको बजेट ल्याएको छ । बाह्रौँ गाउँसभामा  वडाध्यक्ष शुरबहादुर रावलले उक्त बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरेको हो । 

यस्तै तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि ४४ करोड ९३ लाखको बजेट ल्याएको छ ।  उपाध्यक्ष गोरीकला बुढाका अुसार कृषि, पशु विकास, लघुउद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सिँचाइ, जलविद्युत् र सञ्चारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ ।

जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि रु ५५ करोड ११ लाखको बजेट ल्याएको नगर उपप्रमुख रामदेवी खड्काले बताइन् । नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको छ । 

यसैगरी हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजारको बजेट ल्याएको अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए। यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : २४ बजे

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो