सिरहाका हुलाक कर्मचारी आन्दोलित | Khabarhub Khabarhub

सिरहाका हुलाक कर्मचारी आन्दोलित


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा– सरकारले जारी गरेको २०८०-०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरू आन्दोलित भएका छन्। हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरूले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्। 

हुलाक कर्मचारीहरूले अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज गर्न पाइँदैन,  हुलाकको संरचना खारेज हैन यसको सेवाको पुनर्स्थापना गरलगायतका प्लेकार्डसहित नाराबाजी गर्दै सिरहाबजार परिक्रमा गरेका थिए। परिक्रमापछि आन्दोलनरत कर्मचारीहरूले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् ।  

सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूलाई पुरै जीवन सेवामा व्यतीत गरेपनि कुनै सुविधा निश्चित नगरी खारेज गर्न खोजिएको अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठले बताए। ‘२०३४ सालमा स्थापना भएको अतिरिक्त हुलाक कार्यालय स्थापनाको ४६ वर्षसम्म सेवा गरेका कर्मचारीलाई विना सेवासुविधा निकाल्नु अति नै दुःखद कुरा हो,’ श्रेष्ठले भने । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : ४८ बजे

घुसुडी र ब्रह्मदेवको जगमा बसेको महेन्द्रनगर

खोइ ! गते र वार कुन थियो त्यो त अहिले

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा– झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित नमूना सामुदायिक वनभित्र रहेको

बकर ईद मनाउँदै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (ईद उल

विद्यार्थीलाई विद्यालय तहदेखि नै खेतीपातीमा आकर्षित गर्न नीति बनाउनु पर्छ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि