अमेजनले भारतमा थप १५ अर्ब डलर लगानी गर्ने | Khabarhub Khabarhub

अमेजनले भारतमा थप १५ अर्ब डलर लगानी गर्ने


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाको प्रविधिमा आधारित व्यापारिक कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको र भारतमा उपकरण आपूर्तिको क्षेत्रमा अमेजनसँग थप सहकार्यको सम्भाव्यताबारे पनि छलफल भएको जनाएको छ ।

“प्रधानमन्त्री मोदीले भारतमा सूक्ष्म, साना र मझौला उद्यम एमएसएमई को डिजिटाइजेसनलाई बढावा दिने अमेजनको पहलको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री मोदीले अमेरिका भ्रमणमा रहँदा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै विभिन्न सभालाई पनि सम्बोधन गरेका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ०७ बजे

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

भद्रपुर– झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती

बेलायतमा गुञ्जिए डायोस्पोरिक कवि खेरेस, कवितामा मातृभूमि प्रेम र आदिवासी सौन्दर्य

सुनसरी : माटोमा जन्मेरमाटोको टीका लगाएपछिमाटो पनि मुटु हुँदोरहेछमाटो पनि

गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नागरिकता दिन माग

काठमाडौं– गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मनकामना धाममा २१६ किलोको घण्टी 

खाँदवारी– सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना

प्रजातन्त्रवादी चिकित्सक संघको मधेश प्रदेश कार्यकारिणी समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिक चिकित्सक संगठन प्रजातन्त्रवादी चिकित्सक संघ (मधेश