कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप « Khabarhub

कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए ।

“हामीले राखेको लक्ष्यभन्दा धेरै बढी बालबालिकालाई खोप लागएका छौँ”, उनले भने, “अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाइराखेका छौँ ।”

उनका अनुसार छ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार तीन सय ९३ र पाँच वर्षदेखि १५ वर्षमुनिका एक लाख आठ हजार ६० बालबालिकाले खोप लगाएका हुन् । खोप अभियानका लागि जिल्लाभरिमा पाँच सय ६५ केन्द्र तोकिएको उनले बताए ।

दादुरा र रुबेलाविरुद्ध छ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ । जिल्लामा कतिपय बालबालिकालाई नियमित खोपसमेत नलगाइएका कारण दादुराको प्रकोप फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई महिनाअघि यहाँको कृष्णपुर नगरपालिकामा ३३ जना दादुरा सङ्क्रमित देखिएपछि स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालन गरेको हो । सरकारले सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ४४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु