किसानलाई अनुदानमा सिँचाइ मोटर उपलब्ध | Khabarhub Khabarhub

किसानलाई अनुदानमा सिँचाइ मोटर उपलब्ध


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लहान- सिरहाको गोलबजार नगरपालिका-१३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ । किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मंगलबारदेखि मोटर उपलब्ध गराएको हो ।

१८ हजार पर्ने मोटरको मूल्यमा वडा कार्यालयले नौ हजार अनुदान दिएको थियो । अनुदानमा मोटर उपलब्ध गराउनका लागि चालु आवमा वडा कार्यालयले १० लाख विनियोजन गरेको वडा अध्यक्ष नन्द किशोर महतोले बताए । 

‘किसानले समेत लगानी गरेपछि अपनत्व महसुस हुन्छ’, अध्यक्ष महतोले भने, ‘वितरण गरिएका सामग्रीको माया हुन्छ, त्यसको जतन गरी उपयोग पनि गरिन्छ ।’ मोटर खरिदमा अनुदान दिएपछि किसानले पनि राहत महसुस गरेका छन् । 

‘आकासे पानीको भरमा खेतीपाती गरिरहेका थियौँ, समयमा पानी नपर्ने तथा बालीनाली नसप्रने समस्या हुन्थ्यो, मोटर पाएपछि सिँचाइमा ढुक्क भएको छ’, किसान चन्द्रनाथ महतोले भने ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : १५ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन