ललिता निवास प्रकरण – गुरुङको नाममा मात्रै २९ रोपनी ‘प्लस’ जग्गा « Khabarhub

ललिता निवास प्रकरण – गुरुङको नाममा मात्रै २९ रोपनी ‘प्लस’ जग्गा


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाममा २९ रोपनीभन्दा धेरै जग्गा रहेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले गुरुङसहित चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार अहिले गुरुङसहित रातोपुलका धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का गोपाल कार्की र काठमाडौँ महानगरपालिका–४ का सुधीर शाहमाथि थप अनुसन्धान भइरहेको छ ।

ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने समेत स्पष्ट पारे ।

‘मीनबहादुर गुरुङको नाममा २९ रोपनी प्लस जग्गा छ, उहाँलगायत उहाँका परिवारसँग रहेको देखिन्छ ।’ पत्रकार सम्मेलनमा उनले भने । अरु केहीको नाममा २/४ रोपनी र अन्य केहीको नाममा १/२ रोपनी जग्गा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  २ : ४४ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,