ललिता निवास प्रकरण – गुरुङको नाममा मात्रै २९ रोपनी ‘प्लस’ जग्गा « Khabarhub

ललिता निवास प्रकरण – गुरुङको नाममा मात्रै २९ रोपनी ‘प्लस’ जग्गा


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाममा २९ रोपनीभन्दा धेरै जग्गा रहेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले गुरुङसहित चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार अहिले गुरुङसहित रातोपुलका धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का गोपाल कार्की र काठमाडौँ महानगरपालिका–४ का सुधीर शाहमाथि थप अनुसन्धान भइरहेको छ ।

ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने समेत स्पष्ट पारे ।

‘मीनबहादुर गुरुङको नाममा २९ रोपनी प्लस जग्गा छ, उहाँलगायत उहाँका परिवारसँग रहेको देखिन्छ ।’ पत्रकार सम्मेलनमा उनले भने । अरु केहीको नाममा २/४ रोपनी र अन्य केहीको नाममा १/२ रोपनी जग्गा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  २ : ४४ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले