सोरुका स्वास्थ्य चौकीहरुमा औषधि अभाव « Khabarhub

सोरुका स्वास्थ्य चौकीहरुमा औषधि अभाव


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका मातहातका स्वास्थ्य चौकीहरूमा सामान्य औषधि सिटामोलसमेत पाउन मुस्किल भएको छ । पालिकाका खनाया स्वास्थ्य चौकी, जिमा स्वास्थ्य चौकी, भिई, नाथर्प, बुम्चलगायत स्वास्थ्य चौकीहरुमा सिटामोलसहित औषधिको चरम अभाव देखिएको हो ।

गाउँपालिकामा आठवटा आधारभूत स्वास्थ्य केन्द्र, चारवटा सामुदायि स्वास्थ्य  र तीनवटा इकाई रहेका छन् । पछिल्लो समय यी स्वास्थ्य चौकीहरूमा औषधि मुस्किलले पाउने गरेको छ ।उपचार गर्न आएका बिरामीलाई एक चक्की सिटामोलसमेत पाउन गाह्रो अवस्था छ । स्वास्थ्य चौकी जिमाका इन्चार्ज कर्णबहादुर सावतका अनुसार अहिले सामान्य सिटामोल पनि पाउनै गाह्रो भएको बताए ।

उनका अनुसार जिल्लामा सञ्चालित एक गैरसरकारी संस्था फेज नेपालले केही रुपमा औषधि सहयोग गरेको बताए । पछिल्लो समय स्वास्थ्य चौकीमा दैनिक २० देखि ५० जनासम्म बिरामी उपचार गर्न आउने गरेका छन् । तर, उनीहरु औषधि नपाई घर फर्किन बाध्य भएका छन् । 

उक्त स्वास्थ्य चौकीमा उपचार गर्न सिप, जिमा, गिलाहा बुम्च गाउँका बिरामीहरू आउने गरेका छन् ।   ‘न त पालिकाले औषधि दिन्छ,  न त जिल्ला स्वास्थ्यबाट नै आउँछ,’ उनले भने । 

औषधिको लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा औषधिको माग फारम पेस गर्दै हैरान भएको स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर सावतले बताए । स्वास्थ्य चौकीमा ९८ प्रकारको औषधी हुनुपर्नेमा १० किसिमको औषधि पनि पाउनै मुस्किल भएको छ । यता सोरु गाउपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार माग फारमका आधारमा  औषधि उपलब्ध गराउने नियम रहेको बताए ।  

पालिकाले औषधि खरिदमा प्रयाप्त बजेट नछुट्याउने र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । दुई चार दिनभित्रै औषधि नभएका स्वास्थ्य केन्द्रमा औषधि पठाइने सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरेको औषधि पठाइने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ४ : ३७ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,