सोरुका स्वास्थ्य चौकीहरुमा औषधि अभाव | Khabarhub Khabarhub

सोरुका स्वास्थ्य चौकीहरुमा औषधि अभाव


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका मातहातका स्वास्थ्य चौकीहरूमा सामान्य औषधि सिटामोलसमेत पाउन मुस्किल भएको छ । पालिकाका खनाया स्वास्थ्य चौकी, जिमा स्वास्थ्य चौकी, भिई, नाथर्प, बुम्चलगायत स्वास्थ्य चौकीहरुमा सिटामोलसहित औषधिको चरम अभाव देखिएको हो ।

गाउँपालिकामा आठवटा आधारभूत स्वास्थ्य केन्द्र, चारवटा सामुदायि स्वास्थ्य  र तीनवटा इकाई रहेका छन् । पछिल्लो समय यी स्वास्थ्य चौकीहरूमा औषधि मुस्किलले पाउने गरेको छ ।उपचार गर्न आएका बिरामीलाई एक चक्की सिटामोलसमेत पाउन गाह्रो अवस्था छ । स्वास्थ्य चौकी जिमाका इन्चार्ज कर्णबहादुर सावतका अनुसार अहिले सामान्य सिटामोल पनि पाउनै गाह्रो भएको बताए ।

उनका अनुसार जिल्लामा सञ्चालित एक गैरसरकारी संस्था फेज नेपालले केही रुपमा औषधि सहयोग गरेको बताए । पछिल्लो समय स्वास्थ्य चौकीमा दैनिक २० देखि ५० जनासम्म बिरामी उपचार गर्न आउने गरेका छन् । तर, उनीहरु औषधि नपाई घर फर्किन बाध्य भएका छन् । 

उक्त स्वास्थ्य चौकीमा उपचार गर्न सिप, जिमा, गिलाहा बुम्च गाउँका बिरामीहरू आउने गरेका छन् ।   ‘न त पालिकाले औषधि दिन्छ,  न त जिल्ला स्वास्थ्यबाट नै आउँछ,’ उनले भने । 

औषधिको लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा औषधिको माग फारम पेस गर्दै हैरान भएको स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर सावतले बताए । स्वास्थ्य चौकीमा ९८ प्रकारको औषधी हुनुपर्नेमा १० किसिमको औषधि पनि पाउनै मुस्किल भएको छ । यता सोरु गाउपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार माग फारमका आधारमा  औषधि उपलब्ध गराउने नियम रहेको बताए ।  

पालिकाले औषधि खरिदमा प्रयाप्त बजेट नछुट्याउने र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । दुई चार दिनभित्रै औषधि नभएका स्वास्थ्य केन्द्रमा औषधि पठाइने सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरेको औषधि पठाइने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ४ : ३७ बजे

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे  

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा