दुई दशकपछि सडक कालोपत्र « Khabarhub

दुई दशकपछि सडक कालोपत्र


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दाङ- कच्ची बाटो पुगेको झन्डै दुई दशकपछि दाङ लमही नगरपालिका–९ स्थित रिहार–तेलिया सडकखण्ड कालोपत्र हुन लागेको छ । खडेरीमा धुलो र वर्षायाममा हिलोको समस्या झेलेका त्यहाँका स्थानीय बासिन्दाले लामो समयपछि यस्तो समस्याबाट छुटकारा पाउने भएका हुन् । असार मसान्त सकिनै लाग्दा कामले पनि तीव्रता पाएको छ । लमही नगरपालिका–९ को रिहारदेखि तेलिया बलीखुट्टीसम्म सडक कालोपत्र हुन थालेपछि त्यहाँका स्थानीयवासी खुसी भएका छन् । त्यस क्षेत्रमा कच्ची सडक पुगेको झन्डै एक दशक पछि सडक कालोपत्रे हुन लागेको हो । यो क्षेत्रमा सडक कालोपत्र भएपछि झन्डै दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुनेछन् ।

सडक कालोपत्रे भएपछि लमही नगरपालिका–९ का तेलिया, जुरपानी, कोल्तरा, तरुलिया, राजपुर गाउँपालिका–७ का बनकट्टी, लैबरुवा, सिक्टा, राताकांशसम्मका स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुने राजपुर गाउँपालिका–७ राताकांशका स्थानीय शोभाराम विश्वकर्माले बताए । “कच्ची सडक हुँदा निकै सास्ती पाइयो, दुःख बिमार पर्दा गाउँघरसम्म एम्बुलेन्स आउनसक्ने अवस्था थिएन, बाटो नहुँदा कतिले ज्यान गुमाउनु परेको उदाहरण पनि छन्, अब कालोपत्र हुन लागेपछि हामी खुसी छौँ” विश्वकर्माले भने । यति मात्र होइन अब त्यस क्षेत्रमा किसानले उत्पादन गरेका कृषि सामग्रीले पनि सहज तरिकाले बजार पाउने भएका छन् ।

विद्यालय जाने बालबालिकालाई पनि सहज हुने भएको छ । देउखुरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र लमही बजारबाट झन्डै ४० किलो मिटरको दूरीमा रहेका यी बस्तीहरूमा वर्षायाममा आवतजावत गर्न निकै समस्या हुने गर्दछ । “कच्ची सडक भएकाले पनि स्थानीय रुटमा गुड्ने सवारी साधन जान मान्दैनन, तरुलिया, कोल्तरा, लैबरुवा, सिक्टा बनकट्टीबाट हिँडेर रिहार पुग्नुपर्ने बाध्यता छ, अहिले अटो चल्छन् तर भाडा महँगो छ”, लमही नगरपालिका–९ कोल्तराका स्थानीय ओमप्रकाश बस्नेतले भने, “मोटरसाइकल हुनेहरू पनि वर्षायाममा बडो मुस्किलसँग हिड्ने गर्छन्, बस ट्याक्सी त झन जाने कुरै भएन ।”

सडक कालोपत्र हुन लागेकाले अब आधा/पौने घण्टामा रिहार लमही आउन सकिने र यसबाट समयको समेत बचत हुने उनको भनाइ छ । सङ्घीय सरकार र लमही नगरपालिकाको समपूरक बजेटबाट कालोपत्रको काम भइरहेको लमही नगरपालिकाका इञ्जिनियर सौगात वलीले जानकारी दिए । रु दुई करोड ८० लाख बजेटबाट दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्र हुनेछ । उज्ज्वल निर्माण सेवाले यही चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता गरेको इञ्जिनियर वलीले बताए ।

उनका अनुसार कालोपत्र बाहेक त्यो सडकखण्डमा पक्की नाला, कल्भर्ट निर्माण हुनेछन् भने आवश्यक परेका स्थानमा ह्युमपाइप राखिने छ । “पालिकाले पनि विकट क्षेत्रका ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई प्राथमिकतामा राखेको छ, वडा नम्बर १ र ९ मा सडकमा आउने बजेट क्रमागत भएकोले काम निरन्तर भइरहने छ”, उनले भने, “नगरवासीले विकास भएको प्रत्यक्ष अनुभूति पाउने गरी हामीले योजनाका कामलाई सम्पन्न गर्ने गरेका छौँ, कुनै वडामा पक्की पुल बनेका छन् भने कुनै वडामा भौतिक संरचना निर्माण गरेका छौँ, कतै सडक कालोपत्र गरेका छौँ ।”

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ९ : १२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको