अन्तर्राष्ट्रिय न्याय अदालतद्वारा कुलभूषणको मृत्यदण्ड पुनर्विचार गर्न पाकिस्तानलाई आदेश | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय न्याय अदालतद्वारा कुलभूषणको मृत्यदण्ड पुनर्विचार गर्न पाकिस्तानलाई आदेश


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय न्याय अदालतले पाकिस्तानले कुलभूषण जाधवको अभियोगमा सजाय पुनर्विचार गर्न र त्यसबेलासम्म उनलाई दिइएको मृत्युदण्डको सजाय स्थगन गर्न आदेश दिएको छ ।

भारतको ठूलो कूटनीतिक तथा कानूनी जीतका रुपमा लिइएको फैसलामा अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानसमक्ष जाधवलाई सक्दो छिटो भारतीय कन्सुलर पहुँच उपलब्ध गराउनसमेत आदेश दिएको छ । अदालतका न्यायाधीशहरुको १५ का विरुद्ध १ मतले जाधवको अभियोगमा उनलाई दिइएको सजाय ‘प्रभावकारी ढंगबाट’ पुनर्विचार गर्नेबेलासम्म मृत्युदण्डको सजाय स्थगनको फैसला बुधबार सुनाएको हो ।

सन् १९७० अप्रिल १६ मा जन्मेका भारतीय नागरिक कुलभूषण सुधीर जाधवलाई ‘गतवर्ष इरानबाट अपहरण गरिएको थियो र पाकिस्तानमा उनको उपस्थितिको विश्वसनीयता पनि पुष्टि गरिएको थिएन ।’

सन् २०१७ अप्रिल १० मा उनलाई पाकिस्तानको फिल्ड जनरल कोर्ट मार्शल सैनिक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । सन् २०१७ मे १८ मा अन्तर्राष्ट्रिय न्याय अदालतले उनको मृत्युदण्डलाई मुद्दाको अन्तिम फैसलासम्मका लागि स्थगन गरेको थियो ।

सन् २०१९ जुलाई १७ मा अन्तर्राष्ट्रिय अपराध अदालतले उनको मुद्दामा ‘प्रभावकारी पुनर्विचार’ नहुँदासम्मका लागि मृत्युदण्ड स्थगित गरी उनलाई कन्सुलर पहुँच दिन फैसला सुनाएको हो ।

नेदरल्याण्ड्सको हेगमा रहेको अदालतले जाधवको कन्सुलर पहुँचको अधिकारलाई सुनिश्चित गरी पाकिस्तानलाई उनको सजायलाई पुनर्विचार गर्न र मृत्युदण्ड स्थगन गर्न आदेश दिएको हो । पूर्व भारतीय नौसैनिक अधिकारी जाधवलाई पाकिस्तानी सैनिक अदालतले ‘जासुसी र आतंकवाद’ को अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

भारतलाई आतंकवादको झूठो आरोप लगाउनका लागि पाकिस्तानी फौजले जाधवलाई इरान–पाकिस्तान सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको भन्दै भारत सरकारले अन्तर्राष्ट्रिय न्याय अदालतमा सन् २०१७ मे ८ मा कानूनी प्रक्रिया शुरु गरेको थियो । पाकिस्तानले सन् १९६३ मा हस्ताक्षार गरिएको कन्सुलर सम्बन्धबारे भियना सन्धीको उल्लङ्घन गरेको समेत भारतले जनाएको थियो ।

भारतले अन्तर्राष्ट्रिय अदालतसमक्ष यस्ता तर्क पेश गरेको थियो—

– भारतीय नागरिकलाई पाकिस्तानले गिरफ्तार गरेलगत्तै भारतसमक्ष यसबारे जानकारी नगराएर भियना सन्धीको धारा ३६ (१) (बी) उल्लङ्घन गरेको ।

– भियना सन्धी अन्तर्गत जाधवलाई आफ्नो अधिकारबारे जानकारी नगराएर पाकिस्तानले सन्धीको उल्लङ्घन गरेको

– जाधवलाई भारतको कन्सुलर सेवा उपलब्ध नगराएर सन्धीको उल्लङ्घन गरेको । भियना सन्धीको धारा ३६ अनुसार पाकिस्तानले जाधवलाई निशर्त कन्सुलर पहुँच दिनुपर्ने दायित्व रहन्छ ।

– जाधवको सम्पूर्ण मुद्दा र सजाय पाकिस्तानको सैनिक अदालतमा भएको थियो । उनले बिना कुनै कानूनी प्रतिनिधित्व बिना नै हिरासतमा रहेका बेला बयान दिन लगाइएको थियो । यो नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनसहितका अन्तर्राष्ट्रिय कानून र भियना सन्धीको विरुद्धमा छ ।

– विदेशी नागरिकलाई सैनिक अदालतमा सुनुवाई हुनु नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा छ ।

पाकिस्तानले जाधवको मुद्दालाई प्रयोग गरी बलोचिस्तानमा जारी समस्याको दोष भारतलाई लगाउन खोजे पनि तथ्य र प्रमाणको आधारमा भारतले अन्तर्राष्ट्रिय अदालतमा अपील गरेको थियो ।

पाकिस्तानले इरानविरुद्ध जैश अल अदल जस्ता समूहको प्रयोग गर्दै आएको छ । इरानी अधिकारीले पाकिस्तानले इरान–पाकिस्तान सीमा क्षेत्रमा आतंकवादलाई बढावा दिएको बताउँदै आएका छन् ।

हालैमात्र अमेरिकाको विदेश मन्त्रालयले जुन्दुल्लाह समूहको गुट जैश अल अदललाई अन्तर्राष्ट्रिय आतंककारी समूहको सूचीमा राखेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ०८ बजे

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित

ट्रम्प प्रशासनमा सक्रिय हुँदा टेस्लाको नाफा घटेपछि पुरानै दैनिकीमा फर्किदै मस्क

वाशिंटन – अमेरिकी बिलिनियर एलन मस्कले डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसेन्सी

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, आज द्विपक्षीय वार्ता

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख

आन्दोलन थप चर्काउँदै शिक्षक : गाउँघरमा भएका शिक्षकलाई काठमाडौं बोलाइयो

काठमाडौं – नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थप चर्काउने