पहिरोले कान्तिलोकपथ अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले कान्तिलोकपथ अवरुद्ध


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

यता, हेटौँडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ । चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि  सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : २४ बजे

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको

पोखरीमा डुबेर बारामा सात वर्षीय बालकको मृत्यु

बारा – बाराको कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा आज दिउँसो पोखरीमा

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

कञ्चनपुर – नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको

मन्त्रालयको तयारी : २० वर्षवारि बिहेबारी ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि एउटा सार्वजनिक कार्यक्रममा