भूमिहीनलाई लालपुर्जा वितरण « Khabarhub

भूमिहीनलाई लालपुर्जा वितरण


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गरे । त्यस अवसरमा मन्त्री श्रेष्ठले सरकारले नापजाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौँदेखि जोतभोग गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरणकार्य प्राथमिकतामा राखेको बताए ।

उनले सामाजिक तथा आर्थिकरूपमा पिछडिएका भूमिहीन सुकुम्बासी र दलित, अव्यवस्थित वसोबास, सीमान्तकृत वर्ग र समुदायको भूमिमा अधिकार र पहुँच स्थापित गर्ने, महिलाको भूमिमा समान अधिकार स्थापित गर्ने बताए ।

रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोबासीको व्यवस्थापनका लागि स्थानीय सरकारको सक्रियता सराहनीय रहेको बताए । उनले भूमिहीनबाट सरकारले लिने राजस्व चर्को भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पुस्तौँदेखि जमिनको भोगचलन गर्दै आएकाहरू पुर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल यसका लागि आफूहरूले पहल गरेको बताए ।

भोगचलन गरेको ६३ वर्षपछि लालपुर्जा पाउँदा स्थानीय निकै खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरूले व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नसमेत बञ्चित थिए ।

यस्तै गैडहवा गाउँपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नं ८ बाट पुनः नापजाँच सुरु भएको छ ।

जग्गा आवासका लागि योग्य भएको सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने गरी तीव्ररूपमा काम गरिने गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ११ : ५८ बजे

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं–  नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सिराहाको गोलबजार नगरपालिका-६ स्थित सडकमा ना.१ क ९२२८ नम्बरको टिपरको ठक्करबाट

मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता

काठमाडौं– खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण

गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा

काठमाडौं– न्यु डायमण्ड युथ स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभीए महिला