बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता | Khabarhub Khabarhub

बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए ।

चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शवपरीक्षणका लागि ल्याइएको उनले बताए ।

फेला परेको शव पाँचखपन नगरपालिका–७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि हुन सकेको छैन । बाढी पहिरामा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढी पहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : २५ बजे

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

दाङ – दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति