खोलामा डुबेर एक जनाको मृत्यु « Khabarhub

खोलामा डुबेर एक जनाको मृत्यु


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखामा डुबेर एक जनाको मृत्यु भएको छ । त्रिवेणीघाट नजिकैको चर्नावती खोलामा पौडने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । भीमेश्वर वडा नम्बर ६ का रोशन श्रेष्ठको शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अन्दाजी १९ वर्षका उनी साथीहरूसँग दिउँसो १ बजेतिर पौडी खेल्न खोला जाने योजना बनाएका थिए । त्यसपछि उनी साथीहरूसँग खोलामा पौडी खेल्न गएका थिए ।

पौडी खेल्दा खेल्दै उनलाई खोलामा डुबेको देखेपछि उनलाई साथीहरूले बचाउन प्रयास गर्दा पनि नसकेको साथीहरूहरूले बताएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी प्रवक्ता निरीक्षक राजेश सिग्देलले बताएका छ्न् ।

अहिले उनको शव पोस्टमार्टमका लागि पशुपति मेमोरियल अस्पताल चरिकोट लगिएको छ । सोधपुछका लागि प्रहरीले साथीहरूलाई नियन्त्रणमा लिएको छ भने उनको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै