केन्यामा भएको सडक दुर्घटनामा ४८ को मृत्यु « Khabarhub

केन्यामा भएको सडक दुर्घटनामा ४८ को मृत्यु


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नैरोबी– पश्चिमी केन्याको लण्डियानीमा सवारी दुर्घटनामा परि कम्तिमा ४८ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ढुवानी कन्टेनर बोकेको लरी अनियन्त्रित हुँदा धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रहरी तथा प्रत्यक्षदर्शीले बताएका छन् ।

लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेको छ । मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी समेत रहेका छन् ।

दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएको छ ।

दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिएँ’, उनले भने ।

केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘लण्डियानीमा भएको भयानक सडक दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति राष्ट्र शोकमा छ ।’

यो दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक हो। गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट नदीमा खसेको थियो। उक्त दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : २५ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा